चीनले गर्यो हावा हुरीपीडितलाई ५५ लाख सहयोग
काठमाडौं , चैत २५ । छिमेकी चीनले हुरीको वितन्डामा परी समस्या भोगिरहेका नेपालीको तत्काल जीविकाका लागि सहयोग गरेको छ।
चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट ५५ लाख रुपैयाँ प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन्।
‘नेपाल र चीन एकआपसका हितैषी मित्र हुन्। एक सच्चा मित्रलाई दुःख पर्दा अर्कोलाई दुख्छ’, राजदूत होउले प्रधानमन्त्री ओलीलाई भनिन्, ‘नेपालीको भावनामा हामी चिनियाँहरू सँगै छौं। मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दछौं। समस्यामा परेकालाई सहयोग रहनेछ।’
दूतावास अधिकारीका अनुसार तत्काल राहतका साथै पुनर्निर्माणमा पनि चीनले सहयोग गर्ने विषयमा राजदूतले प्रधानमन्त्रीसँग छलफल चलाइन्।
राजदूतले प्रधानमन्त्री निवास पुगेर मृतकप्रति समवेदना र समस्यामा परेकालाई सहानुभूति व्यक्त गर्दै दुःखमा चीन सँगै रहने बताएकी हुन्।















प्रतिक्रिया दिनुहोस्