संक्रमणकालको अन्त्य गर्नु नै वर्तमान सरकारको सफलता: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको सफलता भएको बताएका छन् ।
चितवनमा१४औं चितवन हात्ती महोत्सवको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहिरहने बताए
उनले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडकखन्ड अहिलेसम्म पनि नबन्दा आफू दुखित भएको भन्दै छिट्टो निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिने बताए ।

प्रतिक्रिया दिनुहोस्