तनहुँ जलविद्युत : आयोजनाको बाँकी काम सक्न नयाँ ठेक्का

काठमाडौं, चैत २४ । तनहुँ जलविद्युत आयोजनाको बाँकी काम सक्न नयाँ ठेक्का अगाडि बढाइएको छ।

इटालिएन ठेकदार कम्पनी ुसिएमसीुले अघिल्लो महिना तनहुँ जलविद्युत आयोजनाको काम छोडेर भागेपछि पहिलो चरणको बाँकी काम सक्न नयाँ ठेक्का प्रकृया अगाडि बढाइएको हो ।

पहिलो चरणमा बाँध निर्माणलगायतका काम सक्काउन दोश्रो पटक ठेक्का प्रकृया अगाडि बढाइएको जनाएको छ । यसअघि ठेक्का पाएको सिएमसीले निर्माण कार्य सम्पन्न नगर्दै एकतर्फी ठेक्का तोडर आयोजनाबाट बाहिरिएको थियो।

आयोजनाको दोश्रो चरणको काम भने चिनियाँ कम्पनी ुसिने हाइड्रो लिमिटेडुले गरिरहेको छ। दोश्रो चरणमा सुरुङमार्ग निर्माण, विद्युतगृह निर्माण र उपकरण जडानको काम सिने हाइड्रोले गर्नेछ।

आर्थिकरुपमा टाट पल्टिएको कारण देखाउँदै सिएमसीले आयोजनामा काम गर्न नसक्ने जनाएको थियो।

१ सय ४० मेगावाट उत्पादन क्षमताको उक्त आयोजना सन् २०२३ सम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।

आयोजना निर्माणको पहिलो चरणमा नै ठेकेदार कम्पनीले काम छाडेको र नयाँ कम्पनी छनोट गर्दा समय लाग्ने भएका कारण निर्माणको काम समयमै सम्पन्न गर्न थप चूनौतीपूर्ण हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्