नेपाल जेसिजको अध्यक्षमा श्रीधर बश्याल निर्वाचित

काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा श्रीधर बश्याल निर्वाचित भएका छन्  । रुपन्देहीको भैरहवामा सम्पन्न जेसिजको ४४ औँ महाधिबेसनले सन् २०१८ का लागि बश्याललाई नेपाल जेसिजको अध्यक्षमा निवार्चित गरेको हो ।

अर्का प्रत्यासी महेश पौडेललाई ९ मतअन्तरले पराजित गर्दै बश्याल निर्वाचित भए। बश्यालले ६४८ र पौडेलले ६३९ मत ल्याए । बश्याल रामग्राम जेसिज परासीका पूर्वअध्यक्ष समेत हुन ।

राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा पदमबिक्रम सिंह, रश्मी सिल्पकार, असोक शंकर र विकास मानन्धर निर्वाचित भएका छन्

राष्ट्रिय उपाध्यक्षहरुमा श्यामसुन्दर पौडेल, रविन पोखरेल, राजेन्द्र घिमिरे, टेकराज रेग्मी, सुम्रिता सर्मा, रश्मी निरौला, जनकराज रेग्मी, रञ्जना चापागाई खरभुजा, विजय गुरुङ, विजय घिमिरे, अमिस ढकाल र गोबिन्द देवकोटा निर्वाचित भए । जेसिजको विधानमा अध्यक्षले महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकार मनोनित गर्न पाउने अधिकार छ ।

प्रतिक्रिया दिनुहोस्