सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपीओ आउँदै
जागरण न्युज
काठमाडौं, २२ चैत्र । सबैको लघुवित्त वित्तीय संस्थाले ५ लाख ३० हजार कित्ता आइपीओ आउने भएको छ ।
वित्तीय संस्थाको साधारण सेयरले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । इक्रा नेपालले कम्पनीको आधारलाई १ देखि ५ अंकको स्केलमा ग्रेडिङ गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ ।
सबैको लघुवित्तले आइपीओ बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति भने माग्न बाँकी नै रहेको छ । धितोपत्र बोर्डको अनुमतिपछि मात्र आइपीओ जारी गर्ने प्रक्रिया अघि बढ्नेछ । यो लुघुवित्त राष्ट्रियस्तरको लघुवित्त कम्पनी हो । यसको केन्द्रीय कार्यालय तनहुँको बन्दिपुरमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्