हावाहुरीे विपद्बाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान

काठमाडौं, २१ चैत । नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सामा हावाहुरीले पारेको विपद्बाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ।

पहिलोपल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी बारामा एक हजार ८९५ र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका सोसाइटीले जनाएको छ। सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले क्षतिको विस्तृत घरधुरी सर्वेक्षण कार्य शुरु भएको बताए। रेडक्रसले हालसम्म २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको र वितरण कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्