पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने तयारी गरेको अर्थ मन्त्री खतिवडाको खुलासा
काठमाडौं, २१ चैत । अर्थमन्त्री डा.युवराज खतिवडाले पुँजी बजार विस्तार र खुलापनमा दक्षिण एशियाली राष्ट्रहरु पछि परेको भन्दै सरकारले पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने तयारी गरिहेको बताएका छन् ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पुँजी बजार विस्तार खुलापनमा दक्षिण एशिया पछि परेकोले सरकारले पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने पक्षमा तयारी गरिहेको उनले प्रष्ट्याए ।
यद्यपि नेपाल सरकार भने पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने पक्षमा रहेको उनले बताए । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको बताए ।
‘पुँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको छ’ अर्थमन्त्री खतिवडाले भने, ‘पुँजी बजारमा विदेशी लगानी आवश्यक छ, यसले बजारको विस्तार हुन्छ, हामी यसप्रति सकारात्मक छौं ।’ यसलाई निकासको लागि सरकार गम्भिर छ उनले भने ।
अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको पनि जानकारी दिए ।
सरकारले विदेशी लगानी भित्र्याउने लक्ष्यसिहित तयार पारेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधयेक संघीय संसदबाट पारित भएको छ । यो विधयेकले विदेशी संस्थागत लगानीकर्ताले नेपालको पूँजीबजारको दोस्रो बजारमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । विधयेकले विदेशी पुँजी सेयर बजारमा भित्र्याउने व्यवस्था गरे पछि यस क्षेत्रका स्वदेशी लगानीकर्ताहरुले स्वागत गरिसकेका प्रष्ट्याए ।
पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने तयारी गरेको अर्थ मन्त्री खतिवडाको खुलासा
काठमाडौं, २१ चैत । अर्थमन्त्री डा.युवराज खतिवडाले पुँजी बजार विस्तार र खुलापनमा दक्षिण एशियाली राष्ट्रहरु पछि परेको भन्दै सरकारले पूँजी बजारमा पनि विदेशी भित्र्याउने तयारी गरिहेको बताएका छन् ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पुँजी बजार विस्तार खुलापनमा दक्षिण एशिया पछि परेको बताएकाले अर्थ तन्त्रमा प्रभावलाई कमगर्न सरकारले पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने पक्षमा तयारी गरिहेका प्रष्ट्याए ।
यद्यपि नेपाल सरकार भने पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने पक्षमा रहेको उनले बताए । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको बताए ।
‘पुँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको छ’ अर्थमन्त्री खतिवडाले भने, ‘पुँजी बजारमा विदेशी लगानी आवश्यक छ, यसले बजारको विस्तार हुन्छ, हामी यसप्रति सकारात्मक छौं ।’ यसलाई निकासको लागि सरकार गम्भिर छ उनले भने ।
अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको पनि जानकारी दिए ।
सरकारले विदेशी लगानी भित्र्याउने लक्ष्यसिहित तयार पारेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधयेक संघीय संसदबाट पारित भएको छ । यो विधयेकले विदेशी संस्थागत लगानीकर्ताले नेपालको पूँजीबजारको दोस्रो बजारमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । विधयेकले विदेशी पुँजी सेयर बजारमा भित्र्याउने व्यवस्था गरे पछि यस क्षेत्रका स्वदेशी लगानीकर्ताहरुले स्वागत गरिसकेका प्रष्ट्याए ।















प्रतिक्रिया दिनुहोस्