राष्ट्रिय विकास परिषदको दुईदिने बैठक सुरु, ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने मुख्य लक्ष्य


काठमाडौं, २० चैत । सरकारले लगानी सम्मेलन सकेको केहि दिनमात्र भएको छ । फेरी सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने मुख्य लक्ष्य सहित राष्ट्रिय विकास परिषदको दुईदिने बैठक राजधानीमा सुरु भएको छ । बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ । बैठकमा केन्द्र, प्रदेश तथा स्थानीय तीनै तहका सरकारी अधिकारीहरु पनि सहभागि भएका छन् ।
यस बैठकमा लगानी सम्मेलनको समक्षिा र अधारलाई समेत लिएर पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले जानकारी दिए ।

आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ । सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति अगाघि बढाईएको स्रोतले जनाएको छ ।

राष्ट्रिय विकास परिषदको बैठकमा प्राप्त सुझावलाई समेट्दै आधारपत्रलाई अन्तिम रुप दिएर मन्त्रिपरिषदमा पठाउने योजना आयोगको तयारी छ । यो बैठकलाई विकासको लागि निकै उपलब्धि मुलक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्