साधना लघुवित्तद्वारा मृतक ग्राहक सदस्यको ऋण मिनाह
काठमाडौ । साधना लघुवित्त वित्तीय संस्था लि मकवानपुर बज्रबराही शाखाले आफ्ना ग्राहक सदस्यको निधन पश्चात ऋण कर्जा मिनाह गरेको छ ।
शाखा कार्यालय बज्रबराहीद्वारा प्रवद्धित केन्द्र नं ७०, नागदह साधना महिला विकास केन्द्रकी स्व. सुकुमाया स्याङ्गतान माघ २० गते निधन भएकामा स्व. स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न बाँकी सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १ सय ९१ रुपैयाँ मिनाहा गरेको छ ।
संस्थाले स्याङ्गतान कै घर नजिक रहेको नागदह प्राविको प्राङ्गगडमा सोक कार्यक्रम गरि कर्जा मिनाह गरेको हो । उक्त कार्यक्रममा कर्जा मिनाह पत्र र बचत ६ हजार १ सय ३० रुपैयाँ मृतकका श्रीमान् सानुकान्छा घलानलाई प्रदान गरिएको थियो । थाहा नपा वडा नं ११ का वडा अध्यक्ष किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यवस्थापन विभाग प्रमुख रामप्रसाद लामिछानेले सो रकम प्रदान गरेका थिए ।

कार्यक्रममा वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यवस्थापन विभागका लामिछानेले वित्तीय संस्थाले ग्रामिण भेगका जनतालाई लक्षित गरी विभिन्न किसिमका वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आएको समेत जानकारी गराए ।















प्रतिक्रिया दिनुहोस्