राजधानीको मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । राजधानीको मैतीदेवीमा विद्युत पोलमा ठोक्किएर बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

मंगलबार बिहान पुरानो बानेश्वरबाट मैतीदेवीतर्फ आउँदै गरेको बस पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर पल्टिएको हो । विद्युतको पोलसमेत ढलेका कारण बस उठाउन समस्या भएको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणका कर्मचारी आएर विद्युत ट्रान्सफर्मरसहितको पोल पन्छाएपछिमात्र बस उठाउन सकिने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार तीव्र गतिमा आएको सिटी यातायातको बस अनियन्त्रित भई पोलमा ठोक्किएको हो ।

दुर्घटनामा घाइते १७ मध्ये चार जनाको अवस्था गम्भीर छ । वीर अस्पतालमा एक गम्भीर र ८ सामान्य घाइतेलाई उपचारका लागि पठाइएको छ भने नर्भिक अस्पतालमा तीन गम्भीर र पाँच सामान्य घाइतेलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्