नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको देश हो : पूर्व अर्थमन्त्री महत

काठमाण्डौ, चैत १५ । पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् ।

काठमाण्डौको होटल सोल्टीमा आयोजित ‘लगानी सम्मेलन २०१९’ लाई सम्बोधन गर्दे उनले सम्भावना नै सम्भावना रहेको देशमा लगानीको सुनिश्चिता बढी हुने भएकाले नेपालको लगानीमा ढुक्क बन्न विदेशी लगानीकर्तालाई आग्रह गरे ।

उनले राजनीतिक खिचातानीमा लामो समय गुजारेको देश राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक विकासको बाटोमा अघि बढेको उल्लेख गरे ।

उनले राजनीतिक स्थिरतासँगै देशको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेको उनले स्पष्ट पारे। विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पूर्ण समर्थन गर्ने भन्दै उहाँले निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

पछिल्लो समय नेपालमा विदेशी लगानी अत्यन्तै न्यून रहेको भन्दै उनले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकार संगै आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने स्पष्ट पारे ।

उनले खेलकुद, पर्यटन, उर्जा लगायत कयौ क्षेत्रमा नेपाल लगानीको लागि उपयुक्त रहेको पनि उल्लेख गरे । उनले देशको आर्थिक विकासका लागि आवश्यक विदेशी लगानी भित्र्याउनका लागि सम्पूर्ण शक्ति प्रयोग गरिनुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया दिनुहोस्