आर्थिक अनियमितता: ठूला घोटालामा अख्तियारले थाल्यो छानबिन

काठमाडौं, चैत १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तामा पहुँच भएका र प्रभाव जमाएका व्यापारीको स्वार्थ जोडिएका ठूला परियोजनामा आर्थिक अनियमितताको आशंका गर्दै छानबिन थालेको छ ।

राज्यलाई अर्बौं रुपैयाँ हानि–नोक्सानी पुग्नेगरी भएका आर्थिक अपचलनमाथि आयोगले अनुसन्धान थालेको हो ।

आयोग उच्च स्रोतका अनुसार मेलम्ची खानेपानी आयोजना, नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद, निजी मेडिकल कलेजद्वारा विद्यार्थीसँग बढी शुल्क असुली, नेपाल ट्रस्टको जग्गा भाडा, अकुत सम्पत्ति आर्जनलगायतमाथि विशेष छानबिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्