कामना सेवा विकास बैंककोे ७५औंशाखा रौतहटको चन्द्रपुरमा

काठमाडौं, १२ चैत । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा रौतहट जिल्लाको चन्द्र पुरनगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा आफ्नो ७५औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

मंगलबार बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमाकारोबार शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउनु हुँदै प्रदेश नं २ मा यो सँगगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताउनु भयो । व्यापार विस्तारलाई तिब्रतादिने उद्देश्य सहितबैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थप शाखाहरु शीघ्र सञ्चालन माल्याउने गरि निर्माण तथा सजावटको कार्यभईरहेको बताउनु भयो ।

रहेको यसबैंकले देशका विभिन्न भागहरुमा७४वटा शाखा तथा३०वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ . साथै, बैंकले ABBS , Internet Banking , Mobile Banking , C – ASBA लगायतका माध्यमबाट समेतसम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ .

प्रतिक्रिया दिनुहोस्