साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष पदमा पुनः मानन्धर
काठमाडौं, चैत १२ । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धर पुनः निर्वाचित भएका छन् । सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
कर्पोरेशनको ५२ औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पनि निर्विरोध निर्वाचित गरेको थियो ।
यसरी निर्वाचित हुने सञ्चालकहरुमा लक्ष्मीदास मानन्धर, कीर्ति कुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन छन् । नवनिर्वाचित सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ ।















प्रतिक्रिया दिनुहोस्