स्वावलम्बन लघुवित्तको घोराहीमा माहुरी पालन तालिमको आयोजना
काठमाडौं, चैत १२ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय घोराही, दाङ्गले ग्राहक सदस्यहरुका लागि माहुरी पालन तालिमको आयोजना गरेको छ ।
माहुरी पालन गरिरहेका किसान तथा गर्न उत्सुक ४० जना किसान महिला सदस्यहरुका लागि घोराही उपमहानगरपालिका वार्ड नं. ४ मा मौरीपालन सम्बन्धी आधारभुत तालिम दिईएको हो ।
तालिम कार्यक्रममा मौरीपालक कृषक संघका केन्द्रीय उपाध्यक्ष दिपक कुमार श्रेष्ठले माहुरी पालनका प्रकृया तथा व्यवस्थान लगायतका विषयमा प्रशिक्षण दिएका थिए।
उनले माहुरी पालन गर्न आवश्यक आधारभूत कुरा देखि व्यवस्थापनका विषयमा कक्षा संचालन गरेका थिए ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगर पालिका वार्ड नं. ४ का वडाध्यक्ष भिम बहादुर सार्कीले कृषकलाई वित्तीय संस्थाले समय समयमा दिइने यस प्रकारका कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए ।
संस्थाले लघु कर्जा तथा बचतका साथै सीप विकास तालिमको माध्यमबाट न्यून आय भएको वर्गलाई जीवनस्तर उकास्न गरेको प्रयास सह्राहनिय रहेको उनले बताए ।
तालिम कार्यक्रमका सहभागीहरुले तालिमबाट सीप र ज्ञान प्राप्त भएकोले आफुले संचालन गरिरहेको माहुरी पालन व्यवसायलाई व्यवस्थित र भविष्यमा समेत बैज्ञानिक तरिकाले गर्न सकिने बताएका थिए ।
कार्यक्रममा वित्तीय संस्थाको इलाका कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरुको समेत सहभागीता थियो ।















प्रतिक्रिया दिनुहोस्