कामना सेवा विकास बैंकाकोे ७४औंशाखा निजगढमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारकोक्रममा बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ७ स्थित निजगढमा आफ्नो ७४औं शाखा कार्यालयस्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकले यही चैत्र ११ गते बैंकका संचालक तुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतप्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउनु हुँदै प्रदेश नं २ मा यो सँगै ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताउनु भयो । व्यापार विस्तारलाई तिब्रता दिने उद्देश्य सहित बैंकले यसै सप्ताहन्तरमा मात्र ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनिथप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भईरहेको बताउनु भयो ।

बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा ATMमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायत माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्