महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स लिमिटेडबीच सम्झौता

काठमाडौं, १० चैत । महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच
सेवा आदन–प्रदान कार्यमा सम्झौता भएको छ ।

आइतबार एक कार्यक्रमकाबीच महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौताबाट महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु उपलब्ध हुनेछन् । साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने कुराको जानकारी संस्थाले जनाएको छ ।
सम्झौतापश्चात दुबै कम्पनीको सेवाग्राहीरुलाई कारोबारमा सहज हुनुका साथै व्यवसायीक फाइदा समेत हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्