प्रभु बैंक लिमिटेडको एकै दिन दुई शाखा विस्तार, सेवाग्राहीलाई बैंकिङ्ग कारोबार गर्न सहज

काठमाडौं, १० चैत । प्रभु बैंक लिमिटेडले एकै दिन दुइवटा शाखा विस्तार गरेको छ ।
बैंकले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यकासाथ आइतबार एक कार्यक्रमकाबीच संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालयहहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले संखुवासभा खाँदवारी शाखा कार्यालयको खाँदवारी नगरपालीकाका मेयर मुरारी प्रसाद खतिवडा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले समुद्घाटन गरेका हुन् ।

खाँदवारी शाखा कार्यालय र गाईघाट शाखा कार्यालय समुद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथिहरुले उद्घाटन क्रममा मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्दै स्थानीयतहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दाबाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे । त्रियुगा नगरपालिका र खाँदवारी नगरपालिका बासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आफ्ना आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभलिन आग्रह गरे ।

आजदेखि सञ्चालनमा आएका बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्