नेपाल तीव्र परिवर्तनको क्रममा छ: प्रधानमन्त्री ओली
काठमाडौं , चैत ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन् ।
गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताएका छन् ।
‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।’
प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र औषत सुखमा विश्वास नगर्ने बताएका छन् ।
‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक व्यक्तिले महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ ।’
प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको सृजनसिलताको प्रशंसा गरेका छन् । ‘
प्रतिक्रिया दिनुहोस्