‘नेपालकै अग्लो झोलुङ्गे पुलको शिलान्यास’
काठमाडौं, चैत ९ । बागलुङ र पर्वतलाई जोड्ने गरी निर्माण गर्न थालिएको नेपालकै लामो झोलुङ्गे पुलको शनिबार शिलान्यास गरिएको छ ।
शिलन्यास कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्र समृद्धिमा जनता सुखी र खुसी हुनुपर्ने बताएका छन् । उनले जनताले आफ्नो क्षेत्रमा पर्याप्त मात्रामा भएका स्रोत र साधानलाई प्रयोग गर्न नजान्दा मुलुक समृद्ध र जनता खुसी हुन नसकेको बताए ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मानगरपालिका–१ पाङको अदुवारी जोड्ने गरी निर्माण थलिएको झोलुङ्गे पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुने सस्पेन्सनव्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए ।
कालीगण्डकी नदी माथि निर्माण गर्न लागिएको पुल दुई वर्षभित्र निमार्ण सम्पन्न गरी सक्ने हिमशिखर कन्स्ट्रक्सनले जनाएको छ । पुलनिर्माणको लागि ७ करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
नेपालमा अहिलेसम्म यस्तो खालको पुल नबनेका कारण पुलमा राखिने लठ्ठा र लठ्ठा तान्ने मेशिनको अभाव भएकाले चीनबाट आवश्यक सामान खरिद गरेपछि पुलनिर्माण कार्य शुरु भएको हो ।















प्रतिक्रिया दिनुहोस्