गोर्खाज फाइनान्सको ब्राण्ड एम्वेसडरमा चर्चित गायिका राई

काठमाडौं, ८ चैत । गोर्खाज फाइनान्स लिमिटेडले चर्चित गायिका मेलिना राईलाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको छ ।

फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाली संगित क्षेत्रमा चर्चाको शिखरमा रहेकी गायिका राईलाई संस्थाको व्यवसाय प्रवद्र्धन गर्ने उद्वेश्यले एक वर्षका लागि आधिकारीक ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा फाइनान्सका प्रमख कार्यकारी अधिकृत लाल बहादुर थिङ र गायिका
राईले हस्ताक्षर गर्नु भएको छ ।

हस्ताक्षर पश्चात अब एक वर्षसम्मका लागि देश विदेश जुन सुकै स्थानमा जाँदा पनि गायिका राईले गोर्खाज फाइनान्सको व्यवसाय प्रवद्र्धनमा विशेष भूमिका खेल्ने छिन् ।
हस्ताक्षर कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङले गायिका राईसंगकोे सहकार्यले फाइनान्सको व्यवसायिक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसले व्यवसायीक फाइदा पुग्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि विशेष टेवा पुग्ने उहाँले बताउनु भयो ।

त्यस्तै फाइनान्सको ब्राण्ड एम्बेसडर तथा चर्चित गायिका राईले फाइनान्सले व्यवसाय प्रवद्र्धनको लागि ब्राण्ड एम्बेसडर जस्तो गरिमाय पदमा नियुक्ति गरेकोमा आफू निकै गौरवान्ति भएको कुरा व्यक्त गर्नुभयो । उहाँले फाइनान्सको व्यवसायीक प्रवद्र्धनको लागि देश तथा विदेशमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यकारी अधिकृत थिङले सबैको सहयोग र ग्राहकको अपार मायाले फाइनान्सले प्रगतिपथमा रहेको बताउँदै ब्राण्ड एम्बेसडर नियुक्त गर्नेमा ग वर्गको वित्तिय संस्थामा फाइनानन्स पहिलो भएको दावी गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फाइनान्सका अध्यक्ष प्रेम बहादुर खापुङ्गले संगित क्षेत्रकी हस्ती गायिका राईलाई यस संस्थाले ब्राण्ड एम्बेसडरको रुपमा पाउँदा आफु खशीको भएको कुरा बताउनु भयो । अध्यक्ष खापुङ्गले संस्थाको विगतका दिनहरुलाई स्मरण गर्दै २४ वर्ष पूरा गर्र्दै गर्दा फाइनान्सले धेरै प्रगति गरेको र निकट भविष्यमै विकास बैंकको परिकल्पना समेत गरेको खुलासा गर्नुभयो ।

कार्यक्रममा गोर्खा समुहका संयोजक पुरञ्जन राई, गोर्खाज फाइनान्सका पूर्व अध्यक्ष महेन्द्र लाल राई, सञ्चालक यादव चन्द्र राई, खड्ग बहादुर गुरुङ्ग तथा फाइनान्सका पदाधिकारीहरुको उलेख्य उपस्थिति रहेको थियो ।

राष्ट्रिय स्तरको गोर्खाज फाईनान्स लिमिटेडले सात वटै प्रदेशमा २३ वटा शाखा विस्तार गरि ग्राहकहरुलाई बैंकिङ्ग वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ । ८६ करोड ८० लाख चुक्ता पूँजी रहेको फाइनान्सले मोबाइल, इन्टरनेट, बैकिङ्ग, आई.पि.एस., डेविट कार्ड, सि–आस्वा लगायत सेवाहरु सर्वसुलभ रुपमा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्