गणपति माइक्रोफाइनान्सले ३ लाख ३५ हजार कित्ता आइपीओ जारी गर्ने
काठमाडौं, चैत्र ८ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ३५ हजार कित्ता आइपीओको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । माइक्रोफाइनान्सले जारी पुँजीको ३२.३ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न अनुमति पाएको हो ।
यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
माइक्रोफाइनान्सको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीको केन्द्रीय कार्यालय सुक्लागण्डकी नगरपालिका–३ दुलेगैडा, तनहुँमा रहेको छ ।
माइक्रोफाइनान्सले २०७५ फागुन मसान्तसम्ममा विभिन्न जिल्लामा २८ वटा शाखा कार्यालयमार्फत १३ हजार ८५८ सदस्यलाई वित्तीय सेवा पुर्याइरहेको छ । यसले फागुन मसान्तसम्म १९ करोड ५८ लाख ९० हजार रुपैयाँ बचत संकलन गरी ७४ करोड ७६ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्