कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स लिमिटेडबीच सेवा आदन–प्रदानमा सम्झौता
काठमाडौं, ७ चैत । कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्नेसम्झौता भएको छ । बैंक र इन्स्योरेन्सबीच बिहिबार एक कार्यक्रमकाबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्नेसम्झौतामा पत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ७३ वटै शाखाहरुबाट सहज रुपमा एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले विश्वास लिएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एभरेष्ट इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।
बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।















प्रतिक्रिया दिनुहोस्