पूर्व अर्थमन्त्री महत भन्छन्- वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम छैन
काठमाण्डौ , चैत ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा.रामशरण महतले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम नरहेकोे दाबी गरेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहनु भएका कांग्रेस नेता महतले नेपालको समृद्धिका लागि विदेशी लगानी आवश्यक रहे पनि त्यसका लागि सरकार सक्षम नभएको दाबी गरेका हुन् ।
सरकारले वैदेशिक लगानी भित्र्याउन यही चैत्र १५ र १६ गते काठमाण्डौमा ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्दैछ । तर कांग्रेस नेता महतले सो लगानी सम्मेलनबाट वैदेशिक लगानी भित्र्याउन सरकारले आवश्यक पूर्वाधार विकास नगरेको दाबी गरे ।
सडक, एयरपोर्टलगायतका भौतिक पूर्वाधार तयार नपारी आयोजना गर्न लागिएको लगानी सम्मेलनबाट वैदेशिक लगानी नआउने नेता महतको तर्क छ ।
बिहीबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले नेपालमा जलस्रोत, उद्योग, पर्यटन, वनलगायतको क्षेत्रको विकासका लागि वैदेशिक लगानी अनिवार्य भएपनि त्यसलाई भित्र्याउन भौतिक पूर्वाधार विकास गर्नु पर्नेमा सरकारले त्यसो गर्न नसकेको पनि स्पष्ट पारे ।
कांग्रेस नेता महतले सरकारले वैदेशिक लगानी भित्र्याउन कानुन निर्माणको काम गरे पनि भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिन नसकेको पनि स्मरण गराए । उनले नेपालको समग्र विकासका लागि निजी क्षेत्र र सरकारको लगानी पर्याप्त नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।















प्रतिक्रिया दिनुहोस्