नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिमा योजना अब ग्लोबल आईएमई बैंकबाट खरिद गर्न सकिने
काठमाडौं, चैत ७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिमा योजना अब ग्लोबल आईएमई बैंकबाट खरिद गर्न सकिने भएक्को छ ।
ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्र राज रेग्मी र नेपाल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३४ वटै शाखाहरु मार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरु खरिद गर्नुका साथै जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।















प्रतिक्रिया दिनुहोस्