स्याङ्जाका ४२ होमस्टेलाई दियो ४ करोड २० लाख अनुदान
काठमाडौं, चैत ७ । स्याङ्जाका ४२ होमस्टेलाई ४ करोड २० लाख अनुदान दिइएको छ । गण्डकी प्रदेशले प्रदेशभित्रका होमस्टे कार्यक्रमलाई दिएको अनुदान रकम स्याङ्जाका ४२ होमस्टेले सम्झौता गरेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत विनियोजित रकम १० लाखका दरमा ४ करोड २० लाख रकम सम्झौता गरिएको हो ।
चालु आर्थिक वर्षलाई प्रदेश सरकार, गण्डकीले प्रदेश भ्रमण वर्ष घोषणा गरेको छ । घोषित कार्यक्रमलाई प्रभावकारी बनाउन अनुदान रकम दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लाभित्रका होमस्टेलाई व्यस्थित र स्तरोन्नति गर्नका लागि ३० करोड रकम विनियोजन गरिएको छ । त्यस रकमबाट ३ सय होमस्टे बन्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।
स्याङ्जाबाट आवेदन दिएका ४५ होमस्टेमध्ये ४२ होमस्टेलाई छनौट गरि अनुदान रकम दिइएको हो ।















प्रतिक्रिया दिनुहोस्