उपत्यकामा मादक पदार्थ सेवन गर्ने २४५ चालक कारवाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई कारवाही गरेको छ ।

महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो ।

आइतबार दिनभर उपत्यकामा १५०० वटा सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधन कारवाहीमा परेका हुन् । महाशाखाका अनुसार लेन अनुशासन उल्लंगन गर्ने १४४ चालक कारवाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्