जुम्लामा यस वर्ष स्याउ बिक्रीबाट ३२ करोड भित्रियो

काठमाडौं, चैत ६ । जुम्लामा यस वर्ष स्याउ बिक्रीबाट ३२ करोड रुपैयाँ भित्रिएको छ।

कृषि ज्ञान केन्द्रका कृषि अर्थविद् बालकराम देवकोटाका अनुसार जिल्लामा यस वर्ष पाँच हजार ६ सय मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन भएको थियो।

जिल्लाका स्याउ कृषक प्रतिपरिवार २० हजारदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन्। गत वर्ष तीन हजार सात सय टन स्याउ बिक्री हुँदा जिल्लालाई १७ करोड आम्दानी भएको थियो।

आठवटा स्थानीय तहबाट स्याउ बिक्रीका लागि करिब तीन सय व्यवसायीले अनुमति लिएका छन्।

प्रतिकेजी ५० रुपैयाँका दरले खरिद गरेका व्यवसायीले स्थानीय तहलाई पनि लाखौं कर तिरका छन्। जिल्लाबाहिर काठमाडौं, नेपालगन्ज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगरलगायत देशका प्रमुख सहरमा जुम्ली स्याउ बिक्री हुन्छ।

स्याउलाई ए, बी र सी गे्रडका वर्गीकरण गरी बिक्री गरिन्छ। अन्य ग्रेडको स्याउ भने स्थानीय स्तरमै जाम, जेली, जुस, साइटर स्याउ चाना रो मदिरा बनाउन प्रयोग गरिन्छ।

केन्द्रको तथ्यांकअनुसार जिल्लाको कुल तीन हजार चार सय ५० हेक्टर जमिनमा स्याउखेती हुँदै आएको छ। कुल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैंचा स्थापना भएका छन्।

प्रतिक्रिया दिनुहोस्