एशियन लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक कम्पनी लिमिटेडबीच सम्झौता
काठमाडौं, ५ चैत । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृ राजेश कुमार श्रेष्ठ र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक नारायण प्रकाश भुजुले उक्त संझौतापत्रमा एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् ।
अब माछापुच्छ्रे बैंकको ९७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।
साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ ।
२०७५ पुस मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष रु। १५ अर्ब १२ लाख रहेको छ । रु।५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको यस कम्पनीले चुक्ता पूँजी रु।२ अर्ब पु¥याउनको लागी निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।















प्रतिक्रिया दिनुहोस्