जरिवानाले चालकलाई नै फाइदा हुन्छ: ट्राफिक प्रहरी प्रमुख पन्त

तेजेन्द्र पाण्डेय, काठमाडौं, ५ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार पन्तले जरिवानाले चालकलाई नै फाइदा हुने बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरीको पछिल्लो गतिबिधिका बिषयमा कुराकानी गर्दै उनले भने, चालकले गल्ति गरेपछि मात्रै ट्राफिक प्रहरीले जरिवाना लिने हुनाले चालकलाई अनुशासित बन्न जरिवानाले सहयोग पुग्छ, “ट्राफिक नियममा सबैले राम्रो संग ध्यान पुर्यायमा सवारी दुर्घटनामा कमि समेत हुन्छ ।” बिशेसगरि मोटरसाइकल चालकले अनाबश्यक ओभरट्याक गर्ने, सडक पेटीबाट मोटरसाइकल चलाउने, निषेधित ठाउँमा पार्किङ्ग गर्ने जस्ता गल्तिहरु बढी गर्ने गरेको पाइन्छ ।

महाशाखाका अनुसार ट्राफिक बत्तिको इसारामा गाडि नचलाउने, तिब्र गतिमा सवारी हाक्ने, यात्रु चढ्ने झर्ने भन्दा अन्य स्थानमा यात्रु चढाउने , झार्ने जस्ता समस्याहरु देखिन्छन । चालकहरुले सवारी साधन चलाउँदा सामान्य पनि लापरबाही गर्न नहुनेमा कुरामा प्रमुख पन्तले जोड दिय । पछिल्लो समय ट्राफिक ब्यबस्थापनका निम्ति महाशाखाले सडकमै बिभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । त्यस्तै महाशाखाले कार्यालयमै पनि दुर्घटना न्यूनीकरणका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्