अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी

काठमाडौं, चैत ५ । अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ युवा दर्जनभन्दा बढी देशमा हन्डर र ठक्कर खाँदै झन्डै साँढे दुई करोड रुपैंयाँ सिध्याएर बर्षदिनपछि स्वदेश फर्किए ।

फर्केलगत्तै उनीहरुले महानगरीय प्रहरी अपराध महाशाखामा आफूलाई ठग्नेविरुद्ध उजुरी दिए ।

त्यसैका आधारमा प्रहरीले दाङबाट महेश बाठामगरलाई पक्राउ गरेको छ । फागुृन २१ गते पक्राउ परेका महेशलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि भन्दै तेस्रो पटक १५ दिन म्याद थपेर थुनामा राखेको छ ।

अमेरिका जान भन्दै नेपालबाट भारतको दिल्ली, रुसको मस्को, क्वुबाको हवना, पानामा, हैटीको पोर्ट औ प्रिन्स र बेलायत शासित टक्र्स एन्ड केकोस आइलाल्याण्ड पुगेका ती युवा ६ महिना प्रहरी हिरासतमा बसेका थिए ।

अमेरिका जान भन्दै हैटी पुगेर फर्किएका यसअघिका पीडितको कथासँग पछिल्लो कथा मिल्दोजुल्दो देखिन्छ ।

यी पाँच युवाको कथामा कलाकारको आवरणमा अमेरिका र क्यानाडा पठाउने धन्दा चलाउँदै आएका सुदर्शन गौतमको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । (कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्