अध्याधिक चिसोका कारण जनजिवन प्रभावित‘

काठमाडौं । चिसो बढेपछि बझाङको जनजीवन प्रभावित भएको छ । शितलहर र बाक्लो हुस्सु सँगै चिसाकोे हावाले वृद्ध र बालबालिका बढी प्रभावित बनेका छन् ।

अत्यधिक चिसोले निमोनिया, रुघाखोकीका बिरामी बढेको चिकित्सकले बताएका छन् । जिल्ला अस्पताल बझाङले चिसोका कारण दैनिक झण्डै २०देखी ३० बिरामी उपचार गर्न आउने गरेको बताएका छन । तीमध्ये अधिकांश रुघाखोकी, दम, निमोनियाका भएको अस्पतालमा आउने अस्पताल स्रोतले बताएको छ ।

चिसोका कारण ग्रामीण क्षेत्रका विद्यालयमा बालबालिकाको उपस्थिति पातलिँदै गएको छ देवस्थली निम्न माध्यामिक विध्यालयका प्रधाना ध्यापक शुकदेव जोशिले बताए । जाडो बढेका कारण सदरमुकाम चैनपुर र आसपासका स्थानिय बजारमा न्यानो कपडा खरिद गर्नेको ग्राहक बढेको ब्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्