मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्छ : पूर्व अर्थ मन्त्री डा. महत

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता पूर्व अर्थ मन्त्री डा. रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको सदुपयोग गरि परिचालन गर्नुपर्ने बताएका छन् ।
युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा शनिबार ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा बोल्दै डा. महतले राष्ट्र निर्माणका लागि युवा शक्तिको सदुपयोग गरि काममा लगाउनुपर्ने बताएका हुन् । हाम्रो मुलुकमा स्रोत र साधन प्रसस्त्र छ तर यसले मात्र मुलुकको विकास हुँदैन, यसको साथमा नीति, आचरण र परिश्रम आवश्यक छ,” उनले भने ।

नेता महतले काङ्ग्रेसले शुरुदेखि नै समाजवाद उन्मुख अर्थ व्यवस्थालाई अगाडि सारेको बताउँदै सीपको विकास गरेर युवालाई रोजगारीमा लगाउनु अहिले मुलुकको आवश्यकता रहेको उल्लेख गरे । पूर्वअर्थमन्त्री डा महतले उदार अर्थव्यवस्थाका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेकोमा जोडदिए । हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका आवश्यक पर्ने भएकाले खुल्ला र उद्धार अर्थ नीतिलाई अगाढि बढाउनु नै मुलुकको आर्थिक विकासका लागि सकारात्मक संकेत भएको उनले बताए ।


राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले युवालाई जागरुक बनाए मात्र मुलुकको विकास सम्भव हुने बताउँदै मुलुकको विकासका लागि उद्योगमैत्री वातावरण निर्माण पहिलो आवश्यकता भएको बताए । आर्थिक सम्वृद्धिको लागि सबै स्रोत र साधानलाई उपयोग गरी आर्थिक उन्नती नै अन्तिमअस्र भएका बताए ।
नेपमलको भू–उपगोग, जल उपयोग, बनजंगलको उपयोग तथा प्राकृित स्रोतको उपयोगले मात्र नेपालो विकास सम्भव हुने बताए । यसको लागि अmझै सुस्म अध्ययन गर्न आवश्यक हरेकोमा जोड दिए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुई तिहाइ जनमत पाएको सरकारले आर्थिक विकासको क्षेत्रमा ठोस काम गर्न नसकेको बताए । “अर्थ मन्त्रालयको नियन्त्रणमा नेपाल राष्ट्र बैंकलाई राखेर बैंक तथा वित्तीय संस्थालाई धरासयी बनाउन खोजिँदैछ,” उनले भने । सुशील कोइराला नेतृत्वको सरकारले गरेको लगानी सम्मेलनलाई कार्यान्वयन गर्नतर्फ सरकार लाग्नुपर्नेमा नयाँ लगानी सम्मेलन गर्न सरकार लागेकोप्रति टिकाटिप्पणी गरे ।

काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले मुलुकको विकासका लागि राजनीतिलाई आर्थिक क्षेत्रसँग जोड्नुपर्ने बताए । आर्थिक र सामाजिक हिसाबले संविधान उत्कृष्ट दस्तावेज भएको उनको भनाइ थियो
युवा जागरण अभियानका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता चिन्तन पौडेल युवाहरुलाई जागृत गर्ने उदेश्यका साथ विसं २०७४ मा संस्थाको स्थापना गरिएको जानकारी दिए । उनले युवालाई जागरणको माध्यमबाट नै समृद्ध राष्ट्र निर्माण संभव भएकाले आजको सन्दर्भमा यसको महत्व अmझै बढेको बताए । अभियानले सबै प्रदेश, जिल्ला र स्थानीय तहमा लैजान लागिएको अभियानका संयोजक चिन्तन पौडेलले जानकारी बताए । वेरोजगार बढिरहेको र युवा जनशक्ति विदेश पलायन भएको अवस्थामा अभियानले युवालाई जागरुक बनाई राष्ट्र निर्माणका लागि काम गर्ने संयोजक पौडेलले बताए ।
कार्यक्रममा अभियानद्वारा प्रकाशित पुस्तिका ‘जागृति’को विमोचनसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्