तामाकोशी आयोजनाका कामदार बोकेको बस दुर्घटना, २ को मृत्यु, २३ घाईते

काठमाडौं, १ चैत । दोलखा बस दुर्घटना हुँदा माथिल्लो काठमाडौं, १ चैत्र । दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बिहानबस दुर्घटना हुँदा दुईको मृत्यु हुनुका साथै २३ घाईते भएका छन् ।
बा४ख ४५७३ नं.को बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर जाँदै गर्दा आज बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको हो । बसमा करीब ३० कामदार रहेको थियो ।

दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको पुष्टि भएको उद्द्धारमा संलग्न सरक्षाकर्मीले जनकारी दिएको छ ।
दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिनुभयो । घाइतेको दोलखाको सिङ्गटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्