देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ३० फागुन । देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।
देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहिबार उतm सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात देवः विकास बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । यो सेवा देवः विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएका कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्