३२ हजार घुस लिंदा यातायात व्यवस्था कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत दुई जना कर्मचारी घुस रकम सहित पक्राउ गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल, काठमाडौंको टोलीले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नायव सुव्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई घूस रकमसहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
आयोगको टोलीले नायव सुव्बा पौडेल र खरिदार पोखरेललाई घुस बापत लिएको ३२ हजार सहित कार्यालय परिसरबाटै पक्राउ गरेको जनाएको छ । उनीहरुसँगै लेखापढी व्यवसायी अशोक कार्की पनि समातिएका छन् । आयोगका अनुसार साउदी अरेवियन सवारी चालक अनुमति पत्रको आधारमा नेपाली सवारी चालक अनुमति० पत्र बनाई दिने ९नेपालीकरण गर्ने० भन्दै सेवाग्राहीसँग लेखापढी व्यवसायी कार्कीमार्फत घूस रकम बापत उनीहरुले ३२ हजार लिएका थिए । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको अख्तियारले जनाकारी दिएकोछ ।

 

प्रतिक्रिया दिनुहोस्