कामना सेवा विकास बैंककोे ७३औं शाखा बर्दिवासमा
काठमाडौं, ३० फागुन । कामना सेवा विकास बैंक लिमिटेडले ७३औं शाखा बर्दिवासमा
विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं ०१, बर्दिबासमा बिहिबार आफ्नो ७३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।
बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरि कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले यस सँगै प्रदेश नं. २ मा ६ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए । बैंकको आगामी रणनीति तथा बैंकले प्रदान गर्दै आएका बैंकिङ्ग सुविधाहरुको बारेमा समेत जानकारी गराए । बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा ७२ वटा शाखा कार्यालयहरु त्था २९ वटा ATM मार्फत आप्mना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको र समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।















प्रतिक्रिया दिनुहोस्