सुनको भाउ बढ्यो, तोलाको ५४ हजार ९ सय रुपैयाँ

काठमाडौं । पुस दोस्रो हप्ताको सुरुवात सगै आइतबार सुनचाँदीको भाउमा उकालो लागेकोछ ।

सुन आइतबार तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको अन्तिम अर्थात शुक्रबार तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेको हो ।

यस्तै तोलामा १० रुपैयाँ बढेर चाँदीको भाउ आइतबार तोलाको ७ सय ३० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्