एशियन लाईफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच सम्झौता

काठमाडौं, फागुन ३० । एशियन लाईफ इन्स्योरेन्स लि. र गण्डकी विकास बैंक लि. बीच जीवन बीमा सम्बन्धि सम्झौता भएको छ ।

जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले संझौतापत्रमा हस्ताक्षर भएको हो।

उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

अब गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ ।

पुस मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष रु। १५ अर्ब १२ लाख रहेको छ भने रु।५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको छ ।

यस कम्पनीले चुक्ता पूँजी रु।२ अर्ब पु¥याउनको लागी निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्