बूढीगण्डकीको घर गोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु
काठमाडौं, फागुन । १२ सय मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको निमार्ण कार्य सोचे जस्तो रपमा अडागी बढेको छैन । आयोजनाको डुबान क्षेत्रका प्रभावितहरुलाई क्षेतीपूर्ती दिने कार्य अगाडी बढिरहेको छ । घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु भएको छ । आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले बुधबारदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलनको काम शुरु गरेको हो ।
आयोजनाबाट गोरखातर्फ गण्डकी गाउँपालिका, शहीदलखन गाउँपालिका, आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी कुल ३० हजार रोपनी क्षेत्रफल जमीन डुबानमा पर्ने आयोजनाले जनाएको छ ।
तथ्याङ्क सङ्कलनका लागि दुवै जिल्लाका कृषि ज्ञान केन्द्र, भवन डिभिजन कार्यालय र वन कार्यालयका प्राविधिक परिचालन गरिएको आयोजनाले जनाएको छ । तथ्याङ्क सङ्कलन पछि मुल्यांकन गरि क्षेतिपूर्ति दिने पुनःबास तथा पुनःस्थापना एकाई सिउरेनीटार कार्यालयका प्रमुख कृष्ण कार्कीले जागरण न्युलाई बताए ।
उनले भने, “बुधबारदेखि गोरखातर्फ गण्डकी गाउँपालिकाको ध्याल्चोक बसेरी र धादिङतर्फ सलाङबाट तथ्याङ्क सङ्कलन शुरु भएको छ । यो कार्य दुई महीनाभित्रमा सक्ने गरी प्राविधिक परिचालन गरेका छौँ ।”
डुबान क्षेत्रमा पुगेर प्राविधिकले घरगोठ, फलफूल, रुख र अन्य संरचनाको लगत सङ्कलन गर्नेउनले बताए । लगत सङ्कलनमा खटिने तालिमप्राप्त प्राविधिकलाई मोबाइल एप्लिकेसनमार्फत डुबान क्षेत्रमा तथ्याङ्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको बताए ।
आयोजनाले भवन डिभिजन कार्यालय, वन कार्यालय र कृषि कार्यालयबाट चार÷चार प्राविधिकलाई तालीम दिएको एकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । भवनबाट खटिएका प्राविधिकले घरगोठको संरचनाको तथ्याङ्क सङ्कलन गर्ने तथा वन कार्यालयबाट खटिएका प्राविधिकले रुख तथा बोटबिरुवाको तथ्याङ्क सङ्कलन गर्ने उनले बताए ।
त्यस्तै कृषिज्ञान केन्द्रबाट खटिएका प्राविधिकहरुले डुबान क्षेत्रमा पर्ने फलफूलको तथ्याङ्क सङ्कलन गरेर ल्याउने छ । छिटो र विश्वसनीय ढङ्गले तथ्याङ्क सङ्लकनका लागि सजिलो होु् भनेर आयोजनाले विशेष प्रविधियुक्त मोबाइल एप्लिकेसनको निर्माण गरेको हो । मोबाइल एप्लिकेसनबाट तथ्याङ्क सङ्कलन गर्दा सही गणना निकाल्न सहज हुने एकाइ प्रमुख कार्कीको भनई ।
“फिल्डमा खटिने प्राविधिकले डुबान क्षेत्रका प्रभावितको घरघरमै पुगेर तथ्याङ्क सङ्कलन गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “प्राविधिकले प्रत्येक घरगोठ, फलफूल, निजी जग्गामा पर्ने बोटबिरुवाको तस्वीरसहित तथ्याङ्क सङ्कलन गरी कार्यालयमा ल्याएलगत्तै मुआब्जा निर्धारण गरी रकम वितरणको काम कार्य सुरु हुने कार्कीले बताए । आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा वितरणको काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्