कामना सेवा विकास बैंकको एकैदिन दुई शाखा सञ्चालन
काठमाडौं, २९ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा बुधबार एकै दिन दुई शाखा विस्तार गरेको छ ।
बैंकले प्रदेश नं. २ को सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा क्रमश आफ्नो ७१औंर ७२औशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।
बैंकका संचालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखाको उद्घाटन शुभारम्भ गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए । उनले व्यवसायविस्तार कोक्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिए । बैंकको आगामी रणनीतिको बारेमा पनि उनले प्रकाश पारेका थिए ।
काठमाण्डौ – ३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ७२ वटा शाखा कार्यालयहरु तथा २७ वटा ATM मार्फत आफ्नाग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै, बैंकले ABBS , Internet Banking , Mobile Banking , C – ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको
बैंकले छ ।















प्रतिक्रिया दिनुहोस्