६० मेगावाटको त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा, ९० प्रतिशत कार्य सम्पन्न

काठमाडौं, फागुन २९ । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।

आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको र आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको प्रमुख जोशीले बताए ।

उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम पूरा भइसकेको छ ।

आयोजना बनाउन निर्माण व्यवसायीलाई दिइएको समय सीमाभित्र कार्य सम्पन्न गराउन सहजीकरण र दबाब कायम राखेको समेत उने बताए

प्रतिक्रिया दिनुहोस्