नेपालमा वायो ग्याँस उत्पादन सुरु, एल पी ग्याँसलाई चुनौती थपियो

काठमाडौं । नेपालमै पहिलो पटक बायो ग्यास उद्योग स्थापना पछि एल पी ग्याँलेलाई चुनौती थपिएको छ ।
हालसम्म नेपालमा एलपी ग्यासको विकल्प थिएन । नवलपरासीमा स्थापना भएको यस उद्योगले वायो ग्याँस उत्पादन गर्न सुरु गरि सकेको छ । रुपन्देहीका दुई उद्यमीले स् व्यावसायिक उत्पादन सुरु गरेको हुन् ।
नेपालमा पटकपटक खाना पकाउने एलपी ग्यासको अभाव हुने गरेको । विभिन्न आन्दोलन तथा नाका बन्दीले गर्दा नेपालको यसले पारेको प्रभावलाई चिरेको छ । एलपी ग्यासको विकल्पका रुपमा नवलपरासीमा बायो ग्यास उद्योग स्थापना गरी उत्पादन सुरु भएको हो ।
रुपन्देहीका दुई युवकले वैकल्पिक उर्जाको रुपमा गोबर, कुखुराको सुली, उखुको खोस्टा, भान्साको जैविक फोहोर, हरियो पातलगायतका कच्चा पदार्थ प्रयोग गरी व्यवसायिक रुपमा बायो ग्यास उत्पादन गरिएको हो ।
उद्योगीहरु सन्दिप अग्रवाल र अभिरत अग्रवालले २२ करोड रुपैयाँको लगानीमा चार हजार घनमिटर क्षमताको उद्योग स्थापना गरेका हुन् । रामग्राम नगरपालिका बनजरिया सुक्रौलीस्थित ईन्भीपावर इनर्जी एण्ड फर्टिलाईजर प्रांलि.ले खाना पकाउने ग्यास उत्पान सुरु गरेको छ ।
यसले ऊर्जा अभाव तथा परनिर्भरतालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उद्योगका प्रबन्ध सञ्चालक सन्दित अग्रवालले जानकारी दिए ।
दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन गर्ने क्षमता भएको उद्योगबाट विद्युत्समेत उत्पादन गर्न सकिने अग्रवालले बताए ।
बायो ग्यासमा हिटिङ क्षमता समेत बढी हुने गरेको उद्योगका सञ्चालक अभिरत अग्रवालले बताए । संचालक अग्रवालले आफूहरु स्थापना गरेको उद्योग नेपालकै पहिलो ठूलो बायोग्यास कम्पनी भएको दाबी गरे ।
जर्मनी प्रविधिबाट निर्मित वायो ग्यांस उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी २ सय सिलिण्डर ग्यांस, विद्युत र २५ टन प्राङ्गारिक मल बनाउन सकिने बताइएको छ । उत्पादित वायो ग्यास हाल रुपन्देहीका दुई व्यवसायिक प्रतिष्ठान वामा तन्दुर्स र केपीएम चाईल्ड सेन्टरले प्रयास गरिरहेका छन् । कम्पनीले आगामी चार महिनाभित्रै घरायसी प्रयोजनका लागि व्यवसायिक बिक्रीवितरण सुरु गर्ने कम्पनीले जनाएको छ ।
बायोग्यासको व्यवसायिक बिक्री वितरण सुरु भएपछि उपभोक्ताले प्रतिसिलिन्डर ९ सय रुपैयाँमा ग्यास उपभोग गर्न पाउने न् । बदै गएको महंगी र वेरोजगार मस्यालाई पनि यसले केहि राहत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्