प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ ।
मंगलबार बिहान वालुवाटारमा भएको भेटमा आफूहरुबीच मन्त्रिपरिषद् पुनर्गठनका विषययमा कुरा भएको प्रचण्डले बताए ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको विषय प्रधानमन्त्रीको मुल्याङकनमा भर पर्ने उनले बताए ।
‘साँचो कुरा के हो भने आज बिहान मात्रै प्रधानमन्त्री ज्यू र मेरो मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुरा भएको छ, म भर्खरै त्यताबाट यता आएको हुँ, केही परिवर्तन गर्नु पर्छ कि भन्ने कुरा भयो तर अहिले नै हतारो छैन गर्नैपरे दुवै अध्यक्षको सल्लाह अनुसार नै गरौँला भन्नुभएको छ,’ प्रचण्डले भने ।
‘तर मैले मन्त्रिपरिषद् फेरबदलको कुरा तपाईँ नै मिलाउनुस् भनेको छु यो विषय प्रधानमन्त्रीको हिसाबको विषय हो, उहाँले मन्त्रीहरुको कामकाजलाई कसरी मुल्याङकन गर्नुभएको छ, त्यसमा भर पर्छ’, प्रचण्डले अगाडि भने ।
प्रतिक्रिया दिनुहोस्