कामना सेवा बैंककोे ६९औंशाखा झापाको दमकमा, आजैदेखि कारोबार सुरु

काठमाडौं, २७ फागनु । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारकोक्रममा झापा जिल्ला, दमक नगरपालिकाको स्थित सन्तविर चोकमा शाखा विस्तार गरेको छ । बैकले सोमबार आफ्नो ६९औंशाखा कार्यालय झापाको दमक नगरपालिकामा स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक समितिका सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखाको उद्घाटन गरि कारोबार शुभारम्भ गरिउकबो हो ।

बैकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं.१ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि सिघ्र रुपमा सञ्चालनमा ल्याउने बैंकको आगामी रणनीति रहेको बताउनु भयो ।

बैंकले देशका विभिन्न भागहरुमा ६९ वटा शाखा कार्यालयहरु त्था २० वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैकले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्