स्पर्शको आइपीओमा पहिलो दिन नै माग भन्दा ८.३३ गुणा बढी आवेदन
काठमाडौँ फाल्गुन, २७ । स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिन नै माग भन्दा ८.३३ गुणा बढी आवेदन परेको छ ।
आइतबार लगभग ७५ हजार जनाले २१ लाख कित्ताका लागि परेको थियो । पहिलो दिन २१ करोड रुपैयाँ बराबरको आवदेन परेको हो । लघुवित्तले आइतबार (फागुन २६ गते) देखि २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।
लघुवित्तले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ०.५ प्रतिशत (४ हजार १४८ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
यस आइपीओमा फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २५ गतेसम्म भर्न सकिनेछ । सी–आस्वाबाट आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्तासम्म यो आइपीओ भर्न सक्नेछन ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तले ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ४२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण रहेको छ । यस्तै, आगामी आर्थिक वर्षमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाउने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्