कोरियाले यस पटक तोक्यो नेपालीका लागि सबैभन्दा बढी कोटा

काठमाडौँ फाल्गुन, २७ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ यो अहिले सम्मको सबै भन्दा धेरै कोटा हो ।

सन २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत नेपाली कामदार लगिरहेको छ ।
वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ ।

कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो ।
कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार भित्र्याउने गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ) खर्च हुन्छ ।
नेपालको लागि अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ हो ।

प्रतिक्रिया दिनुहोस्