कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौतामा हस्ताक्षर

काठमाडौं, २६ फागुन । कामना सेवा विकास बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौतामा हस्ताक्षर भएको छ ।

आईतबार बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर रहेका ६८ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । यस सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा छरिएर रहेका ६८ वटा शाखा तथा २० वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्