सुरु भयो नेकपाको आमसभा , दुबै अध्यक्षले सम्बोधन गर्दै

काठमाडौं, फागुन २५ । रौतहटको गरुडामा नेकपाको प्रदेश नम्बर २ स्तरीय आमसभा सुरु भएको छ ।

कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सभाको सुरुवात विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेर भएको छ। निर्वाचन र पार्टी एकतापछि नेकपाले पहिलोपटक मधेसमा आमसभा गरेको हो ।

आमसभामा सहभागि हुनका लागि २ प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट हजारौंको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्