बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट
काठमाडौं, २५ फागुन । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ ।
शुक्रबार साँझ साढे ७ बजेतिर भएको विस्फोटमा परी ४ जना घाइते हुनुका साथै गुरुङको घरको ग्यारेजमा पार्किङ गरेर गरिराखेको ल्याण्डक्रुजर गाडी जलेर ध्वष्त भएको छ । गाडीमुनी राखिएको बम विस्फोट भएको हो ।
अध्यक्ष गुरुङ्गका अनुसार ठूलो आवज आयो त्यस लगतै तल झर्दा वम विष्फोट भएको रहेछ । गाडी जल्न थालेको थियो , धुवाँको मुस्लो आयो । तत्काल प्रहरीलाई जानकारी गरियो । उनले भने, दिनभर गाडी ग्यारेजमै थियो, जहाँ पुग्न मुल गेट पास गरेर जानुपर्छ । तर, त्यहाँसम्म पुगेर कसले कतिबेला बम राख्यो भन्ने खुलेको छैन ।
विस्फोटपछि आगलागी समेत भएको थियो । घरमा समेत सामान्य क्षती भएको थियो । उनले आफ्नै घरलाई कार्यालय बनाएको थियो ।
घटनामा ममता गौतम र दिवाकर गुरुङ घाइते भएका छन् । ममताको गालामा चोट लागेको छ । थप २ जनाको नाम खुलेको छैन ।
विस्फोटपछि आगजनी हुँदा बा १० च ६७८९ नम्बरको कार नष्ट भएको छ भने आसपासका घरमा समेत क्षति पुगेको छ ।
केहि समयदेखि विभिन्न स्थानमा घटना गराउँदै हीडेकोले
नेकपा विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका छ ।
बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । घटनाको नेपाली सेनाको विज्ञटोलीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्